Friday, April 26, 2013

काफिया मिलाउदैमा गजलकार हुदैन
समबन्ध टुट्यो भन्दैमा वारपार हुदैन

उज्यालो त जुनकिरीले पनि दिन्छ भन्छन
दियो भन्दैमा करेन्ट प्रभाह गर्ने तार हुदैन

सकेसम्म गर्छु नसके कस्को बाउको के लाग्छर
नसके पनि धर्ति भित्र बोज को भार हुदैन

अहिले किन हतार गर्छौ सुन मेरो कुरो
कहिले पनि एक र दुइ चार हुदैन

डिएनके कुवँर

0 comments:

Post a Comment