तिम्रो हात समाउने हजार होलान बजारमा |
तिमि संग रमाउने हजार होलान बजारमा ||
माया गर्छु भन्दै जिबन चलाउँदै हिड्नेहरु |
तिम्रै नाममा कमाउने हजार होलान बजारमा ||
धेरै थोरै घटी अनि बडी मोल चल्छ बजारमा |
प्रित पुञ्ज जमाउने हजार होलान बजारमा ||
हजार मान्छे भएर हुन्न चोखो प्रित चिन्नु पर्छ |
हल्ला मात्र चलाउने हजार होलान बजारमा ||
पानी पर्छ असारमा खेतबारी पानी पानी हुन्छ |
आफ्नै बारी छमाउने हजार होलान बजारमा ||
मक्ता
सरिता ज्ञवाली
शेर
कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
069- 12-०८ गते
तिम्रो हात समाउने हजार होलान बजारमा |
on
0 comments:
Post a Comment