Saturday, April 27, 2013

अनेकतामा एकता खोज्ने काम हुनुपर्छ |
पेटका लागि दुख गरेपछि माम हुनुपर्छ ||

हरेक मान्छे भुलेको छ संसारिक मोहमा |
सेवा अनि धर्मको पलपलमा नाम हुनुपर्छ ||

गर्नेले गर्छन सेवा धर्म र स्वर्गको कुराहरु |
सहि सुख पाउन अध्यात्मको राम हुनुपर्छ ||

यो देशमा अचम्मको संस्कृति बनेको छ |
उफ सानै कुरामा पनि चक्काजाम हुन पर्छ ||

मान्छे आफ्नो नाम चलोस् भन्ने गर्दछ |
चल्नको लागि सहि सच्चा धाम हुनुपर्छ ||

यौटा मान्छे बोलेर देशका लागि केहि हुदैन |
हरेक गल्लिमा इन्कलाबको लाम हुनुपर्छ ||

आदर्शले चल्दैन यो संसारमा बाँच्नलाई |
हरेक मोड मोडमा चल्नलाई दाम हुनुपर्छ ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०७०-०१-१४ गते साँझ

0 comments:

Post a Comment