Friday, April 26, 2013

मान्छौ भने बैशाख मै बिहे गर्छु
जान्छौ भने बैशाख मै बिहे गर्छु

नछुट्टिने नटुंगिने बाचा कसम
खान्छौ भने बैशाख मै बिहे गर्छु

मेरो पनि अलिकति दुख हरु लाइ
लान्छौ भने बैशाख मै बिहे गर्छु

तिम्रो लागि बनाउने छु घरबार
धान्छौ भने बैशाख मै बिहे गर्छु

गज़ल
डिएनके कुवँर

0 comments:

Post a Comment