Friday, February 1, 2013

यहि गीत ओठबाट बाहिर निकाल्दै आँखा उनी तीर जान्छन । उनको संबेदनशील अनुहारमा अनुुसन्धान गर्दै म अनौठो प्रकारको त्रास भ्mयालबाट दृष्टि बाहिर हुत्याईन । अन्धकार चुक घोप्टयाएको अन्धकार पासोमा यात्रु घुरेको निदरीको प्रष्फुटित नबुझिदो भाषा शंका र त्रासका हिउँहरु पग्लिएर लखको फाँटतिर बग्न थाल्यो । उनको कोमल हात मेरो सौन्दर्यमा तेर्सिन्छ । कुन्नी के म पाप सोचिरहेछु । त्यो सपना हो कि विपना सपना होईन भने विपना किन दोहोरीन्छ । निष्कर्षको सागरमा अनुसन्धानको खोली मिल्न नपाउँदै हताहत बसको रफ्तार सुस्त सुस्त हुदै एउटा होटेलको अगाडि टक्क रोकियो । लाईट अन भयो । सँगै सिटमा बस्ने लोग्ने मान्छे पनि आङतान्दै उठ्यो । सवै ओर्लिए । आँखा पुछ्दै त्यो लोग्ने मान्छेले सोध्यो । बहिनी खाना खाने होईन । उन्ले छोटो उत्तर दिईन खानु पर्लानी । एक टकले लोग्ने मान्छेको अनुहार हेर्दै उनले जवाफ दिईन् ।

गीत..................

जाउँ ढिला नगरौं लोग्ने मान्छेले आग्रह ग¥यो । दुवै ओर्लिए र कुपन किनेर होटल भित्र परबेस गरे । खानाको कार्यक्रम सकिएपछि यात्रुहरु बसमा चढेर साविक कै ठाउँमा बसे । ती दुवैजना पनि बसमा चढेर पहिलेकै सिटमा बसे । वस स्टार्ट भयो र लाग्यो बुटवलतीर । कति बज्यो त्यो लोग्ने मान्छेले उन्लाई साईनो बिना नै सोध्यो । १२ बज्यो । बिहानको ७ बजे पुग्छौ । तिमी पहिले पश्चिमतिर गएकी छ्यौ बहिनी । यस पटक भने त्यो लोग्ने मान्छेले साईनो लगाएर सोध्यो । पहिलो पटक हो । अव बाटोमा चेकिङ्ग हुन्छ कि दाई । उन्ले जिज्ञासा राखिन् । औलामा दाँज्न सकिन्न । किन नहुनु जवाफ दियो उस्ले । ए ! हुन्छ । उन्ले पुनः जिज्ञासा राखिनन् । एकोहोरीन र अनुसन्धान कै क्रममा लागिन् । लाग्दाँ लाग्दै भुसुक्क भईन् । त्यो लोग्ने मान्छे पनि घुर्न थाल्यो । बस पुरानै रफ्तारमा थियो । उन्लाई निद्रामा लाजले कुतकुती लगायो । बिरालोको चालमा आँखा खोलिन् । त्यो लोग्ने मान्छेको ओठ उन्को पुष्ट गालामा जोतिएको थियो । उन्ले त्यसलाई व्यवस्था गरिदिईन् । उन्को सर्वाङ्गमा डरको काँडा पलायो । सोचिन कदापी सपना हुन सक्दैन् । सपना रहस्यमयिक पारामा पटक पटक दोहोरीन्न । यो विपना हो । मनमनै अघोर सरापिन् । थुँक्क ! लोग्ने मान्छे एउटा नृह आईमाई सामु आफुलाई बोका सम्झिन्छस् । धिक्कार छ तलाई । ऊ तेरी बहिनी पनि हो, छोरी पनि त हो । लोग्ने मान्छे धिक्कार छ तलाई, तेरो कुस्वार्थलाई । उन्ले अनायास असम्यमित आँसु बगाईन । रात क्रमसः ढल्कदै थियो । कुखुरी काँ को आवाज सुनियो । बस एउटा चमेना गृहको अगाडि रोकियो । सवै ओर्लिए । उनी र त्यो लोग्ने मान्छे पनि ओर्लियो । लोग्ने मान्छेले आग्रह ग¥यो, बहिनी जाँउ नास्ता गरौं भोक लाग्या छैन, मलाई त कस्तो कस्तो . . . . . । लोग्ने मान्छेको बहिनी शब्दले उन्लाई भावुक बनाईदियो । के सोचेको लोग्ने मान्छेले व्यग्र हुदैं सोध्यो । ए.... केहि होईन । उनी सोचाईमा गौर डुविन । दुवै जना चमेना गृहमा पसे । सवैले खाना खाईसकेपछि सवै बसमा चढे र पहिले कै जसरी साविक कै सीटमा बसे । बस पुनः गन्तव्यतीर हुईकियो । दुई जना गफिन थाले । बहिनी आज पाल्पा बन्द छरे । उफ...... बन्द काहा वस्नेनी त छयाँ, मलाई त केहि थाहा छैन, त्यहा काहि चिन्या मान्छे पनि छैन । उन्ले भय पोखिन । के चिन्ता म व्यवस्थीत गरौलानी आफ्नो चिनारोमा । त्यसो भए त म तपाई कै भरमा छु । सार खोजेको भाव व्यक्त गरिन उन्ले । केहि वेर पछि संवाद टुटयो । उन्को मनमा त्यो लोग्ने मान्छे प्रती सवल र दुर्वल पक्षहरु रहस्यमयिक पाराले चुलिए । तर विलेई भई सोच मिलेन । साढे ६ बजे बस सुनसान बजारको नजिक पुग्यो र अपरत्यशीत रोकियो । बस अर्घाखाँची जान्न बन्द छरे खलासी करायो । यात्रुहरु ओर्लिए र लागे बुटवलको व्यस्त बजार तीर उनी र त्यो लोग्ने मान्छे पनि उतै तीर लागे । बजारको बीचमा पुगेपछि त्यो लोग्ने मान्छेले उन्लाई गल्लीतीर लग्यो र एउटा ठुलो घरको पछाडिबाट त्यहा प्रवेश गरायो । त्यो होटेल रहेछ । त्यहा पुगेपछि उन्ले थाहा पाईन । खानपिन भयो । त्यसपछि त्यो लोग्ने मान्छे आफ्नो मान्छे भेटेर आउँछु भन्दै उहि गल्लीको बाटो लाग्यो । दिन ढल्कदै गयो । उनको मनमा उठेका विचारहरु ढल्किएनन । दुईधारमा उभिए दुवै उसरी नै । उनलाई डर पनि लाग्यो । कस्लाई बाड्ने भगवान पुकारीन । साँझको ७ बजे त्यो लोग्ने मान्छे त्यहि बाटो हुदै आयो । दुई जनामा सामान्य कुरा भयो । खाना खाई सके पछि त्यो लोग्ने मान्छेले रहस्यमयिक तवरले होटेल मालिकको कानमा साउती ग¥यो । सुत्न जाउँ भन्दै माथिल्लो तलामा पु¥यायो । राम्रै थियो व्यवस्था दुइवटा पलङमा ओछयान लगाईएको थियो । एउटा बेडमा उनी पल्टिन त्यो लोग्ने मान्छे तल ओर्लियो । मध्ये रातमा उनी व्युँझिन । मनमनै भनिन कस्तो मान्छे बत्ती पनि अफ गरेनछ । राम्ररी होस छिपाईन । सर्टको टाँक फुस्किएको थियो । उनी झस्किन । फरिया पनि असामान्य रुपमा माथीतीर फर्किएको थियो । उनी लजाई जुरुक्क उठिन र कपडा मिलाउन थालिन । धत मत बौलाएछु । पिउन्न भनेर जिद्धि गरे भावनामा डुवेर थोरै पिई दिएछु । म झकाए । कस्तो कस्तो यो अन्तिम धराप, अन्तिम घात, अन्तिम योगको संयोग करुण आग्रहलाई नकार्न सकिन । नकार्ने पनि कसरी मनमनै गफिदा गफिदै उन्ले नयन लोग्ने मान्छेको बेडमा पु¥याईन । त्यहा लोग्ने मान्छे थिएन । उनी आत्तिईन एक पटक । टक टक टक आवाजले उनी सतर्क भईन । लोग्ने मान्छे आयो, हातमा दुई बोतल लिएर । ए उठेकी मलाई खुराक पुगेन क्या घटघट पिउदै लोग्ने मान्छे अर्को बोतल उनलाई दिन खोज्यो । ऊ बोल्यो तिमी पनि थोरै तानन । म पिउन्न, नाई नाई म पिउन्न कस्तो धङधङ भईराछ शरीर । उन्ले आत्तिएर प्रतिपादन गरीन । लोग्ने मान्छेले पुनः ठाडो घाटी लगायो र उल्टै थप्यो पिईदेउ थोरै भए पनि पिईदेउन ल्पिज के हुन्छर । मेरो मन राख्न भएपनि अलिकति पिईदेउन ल्पिज । नपिउनु पिईहाले, आखिर नपिउनु थियो पिईहाले अलिकति थपिदिन्छु के भोर । मनमनै स्वीकारीन र हातमा बोतल लिएर पिईन उन्ले पनि । बोतल रित्तिए पछि लोग्ने मान्छेले एउटा प्रस्ताप राख्न खोज्यो । एउटा भुल भनौ । हुन्न पिल्ज हुन्न । ल्पिज म तपाई की बहिनी हुन्न दाई हुन्न । नसामा हल्लिदै ईन्कार गरीन । लोग्ने मान्छेले एकदम दिपी नगरी भन्न थाल्यो ।

गीत.......................

ढल्नासाथ त्यो लोग्ने मान्छे घुर्न थाल्यो । उनी छटपटाईन चारैतिर कोठा घुमेको, शक्ति हराएको महसुस गरिन उन्ले । निदाउने प्रयत्नमा ओल्टीन, कोल्टीन, पल्टीन, घोप्टीन बल्लतल्ल उनी निदाई । मध्यरातमा उनी नराम्ररी झस्किन उनी । उनी लोग्ने मान्छेको बाउपासबाट फुत्किन बल गरिन । तर नसामा शक्ति क्षिण भएको थियो । उनी बोलिन बहिनी म तपाई की बहिनी ल्पिज छाडनुस । तर बहिनी र दाजुको साईनोको सीमा नागीसकेको थियो । चित्कारको व्यवस्था गरी लोग्ने मान्छे उन्को पासबाट छुटयो । उनी घोप्टीएर रुन थालिन सँुक्क सुक्क । लोग्ने मान्छेले दया पोखेन । बेडमा मौन बसीर¥यो । उन्ले सरापिन थुक्क लोग्ने मान्छे थँु । मौकामा सार बनिनस धार बनिस र रेटिस, के पाईस अझै लुट धिक्कार छ तलाई । बहिनीको साईनो माग्ने विवश छातीमाथी जवानीको दनदनी ज्वाला दन्काईस थुँक्क लोग्ने मान्छे । म माथी घोर अन्याय गरिस । तँ मर्छस तर तैले गरेको पाप कहिल्यै मर्दैन बुझिस । लोग्ने मान्छे चुपचाप झोला लिएर त्यहाबाट निस्क्यो । उत्सव उत्सव तिम्ले पनि त मनायौ । तर उस्को खास नाम ..................... थियो । पापी त अपराधी, तँ अभागी, तेरो भाग्यमा औसा परोस । उन्ले अन्तिम पटक सरापिन । ..................... गल्ली कै बाटो भएर मुल सडकमा पुग्यो र सरासर बस स्टेसनतीर लाग्यो । मिरमिरे गाढा थियो । ५ बजेको बस लागिसकेको थियो । ऊ चढयो । ५ बजेपछि बस लाग्यो । लोग्ने मान्छे त कति कठोर, लोग्ने मान्छे त कति कठोर एउटा नारीको अस्मिता लुटिस र नसम्झाई हिडिस, एक बचन सम्झाउँदा पनि सम्झाईनस । हिजो चिया पिउनी बेलामा सोध्थीस, खाना खाने बेलामा सोथ्थीस, तर आज नसोधी हिडिस । तेरो बहिनी छैनन र उनी पनि म तपाईकी बहिनी भन्थीन । उन्मा संकोचित विचार जन्मिन्थ्यो । त्यस्को चित्कार मलाई के गम्भिर आमा पट्टिको र बावु पट्टिको सोचाईको बावजुद उ बस .............. पुगिसकेको थियो । ............ ओर्लियो र लाग्यो आफ्नो गाउँतिर । घरमा पाईला राख्ना साथ बजैले सोधिन .......... मोरा त आईस । काकालाई भेटेनस की खोजेनस खोज भनेर पठाएको कि पत्ता लागेन । ऊ .............. को भेटे भन्थ्यो । सानो छोरा १८÷१९ बर्षको ठूली छोरी छरे । फुटयाकर्म त्यसलाई एक झल्को देख्न नपाई मर्ने भए । भन्या कुरा नभएपछि स्वर्ग नगईने भईयो । सानो छदाँ तलाई पाल्छु भनेर खुव मुख चेप्¥याउथ्यो ख्याल पाल्यो । बावुआमाको मन छोराछोरी माथी छोराछारीको मन ढुङ्गामुढा माथी भन्ने लोकउक्ति झुटो कहाँ होर कि खोजेनस ए बजिया । बजैले सन्ध्या व्यक्त गरीन । गाउँ होर तेत्रो सहरमा काहा बस्छ काहाँ के थाहा खोज्न त जानेसम्म खोजेकै हो ............. झर्किएर जवाफ दियो । भेटघाट सवैको परस्न उकेल्दै त्यो दिन वित्यो । भोली पल्ट .............. .............. को घरतिर लाग्यो । सानोमा खुवै मिल्ने साथीहरु दुई घण्टाको भलाकुसारी पछि छुटे । घरमा आउँना साथ बजैले खुशी हुदै भनिन । ................ नातिनी आई पुगी, उर्वशी । यो फोटो भावीले लेखेको मेटन सकिन्न । तँ मोराले खोजिनस होला, भेटिनस होला, काठमाण्डौमा गएर । आई पुगी नातिनी । .......... ले फोटोबाट मुहार फर्कायो । कम्पित स्वरमा बोल्यो ए आईपुगिन त राम्रै भयो । अहिले काहा गईन त खिन्न भएर सोध्यो । ................. सँग .............को मावली गइन । .......... हिड्ने बेला संयोग आईन । .......... ले साथीको रहर देखाईन । भोली त आई हाल्छे नी । देख्लास नी ऊ कत्ति राम्री छे गोरी छे । बजैले हर्षको भाव व्यक्त गरिन । जीवनमा मर्ने बेलामा मैले नातिनीको मुख देख्न पाए । त मोराले खोजेर नआए के भो त आई नी मेरी नातिनी उर्वशी । कति खुशी लागेको छ । बजैले हर्षका आँसु बगाईन । उस्ले पनि आँसु थाम्न सकेन ऊ हत्त र पत्त मटानमा चढ्यो र आफ्नो कोठाको झ्याल ढोका बन्द गरेर पश्चातापमा रुन थाल्यो । धिक्कार मेरो जीवन अव म बाँच्न सक्दिन । सजायको बाटो खोज्नु पर्छ । नत्र भोली के हुन्छ के कल्पना गर्न सकिन्न । उस्ले भुलमा प्रयाश्चित ग¥यो । त जती बेला मान्छे थिईस, मानवता देखिनस, भुलेपछि मानवता देखिनस त्यति वेल त मान्छे थिईनस । जीवन उत्सव रहेछ मनाउन जानीएन भने मृत्युको उत्सव पनि मनाउनु पर्दो रहेछ ।
कस्ले तिम्लाई वल्छी खेल्न जाउँ भन्छ । तर ....... तिम्रो त भाई छ । नजाने पछि जीवन त खै यसरी युगौयुग लजाउँदो रहेछ । खोलासरी बग्दो रहेछ । अलक्षिन बग्दो रहेछ । फर्कन फर्कन जान्दो रहेनछ । ‘‘खोला रहेछ जीवन फर्कन नजान्ने, समय रहेछ मृत्यु पर्खन नमान्ने” नितु मलाई पानी पिलाई दिन सक्छ्यौ । अप्रत्यशीत करुण वाक्य .......... बाट फुत्कियो  । हाँस्दै नितुले आफ्नो सानो अञ्जुलीले पानी पिलाई दिईन र भनिन । तपाई केटाकेटि होर ठूलो मान्छे भएर पनि पानी पिलाई दिनु पर्ने । म ठूलो छुर ठूलो त बुद्धि, विचार र विवेकले हुन्छ बुझ्यौ । ताङ्गोमा वल्छी बान्दै ........... ले भन्यो नितु तिमी जाउँ ल मत खोला हुँ फर्कन्न मत अव मृत्युको उत्सव मनाउँछु मनमनै नितुलाई अन्तिम शव्द भन्यो । ऊ ताङ्गो लिएर खोलामा हुलियो । दाई तपाई कहाँ जानु भाको नितु चिच्याउँन थालिन । नितु नितु नितु म मृत्यु उत्सव.... । उस्लाई जुरमुरीएको खोलाको झोक्काले तल पु¥यायो । नितु रुदैँ चिच्याईन् दाइ दाइ दाइ । तर ........... लाई खोलाको भेलले वगाई रह्यो । नितु केवल हेरीरहिन हेरिरहिन । नितु के भयो, कहालिदै नितुको मामा समिप आई पुग्यो । दाइलाई खोलाले बगायो ऊ त्यहाँ हेर्नु त नितुले रुदै देखाईन् । ए हो रैछ ऊ पनि रुदै हे¥यो, हेरीरह्यो देखे सम्म । त्यो अन्तिम हेराई थियो जीवनको अन्तिम हेराई नितुले आफ्नो दाइलाई आफ्नै आखाँ अगाडि नै गुमाएकी थिईन र पिडाले भन्न थालिन दाइ किन यसरी विना अर्थले मायाँ मा¥यौ ।

गीत........................
बुटवलको बुटवल एफ एम लुम्बिनी एफ एम आदिमा बचन भएको
मनोज अन्जनको गीति कथा 
अर्घाखाँची

0 comments:

Post a Comment