Friday, February 1, 2013

लेखेको छु पहिलो पत्र आउँछु भोलि माया !
देखेको छैन भेटेको छैन कस्ती होली माया !!

बोल्ने मन छ बस्ने दिल छ तिमीसंग धेरै धेरै !
फोनमै कुरा गर्दागर्दै कति मिठो बोली माया !!

बोलायो मलाई भेट्छु भनि गए म झुत्रे बनि !
कुरूप देखि डराई मुटुमा लाग्यो गोली माया !!

परीको जस्तो रुप रैछ नसालु ती आँखाहरु !
सजाई राख्नु यसै गरि फरिया र चोली माया !!

सँगै बसी चौतारीमा गरेका ती मिठा बातसंगै !
सिउँदो तिम्रो सजाउँला लिई जन्ती डोली माया !!

Manoj Anjan
Arghakhanchi

0 comments:

Post a Comment