Friday, February 1, 2013

भविष्यलाई लात मारी तिम्रो पछि लाग्दैन मनोज
मिठा बातको भुलमा परी मर्यादालाई नाग्दैन मनोज

जति जाँग्नु जागीसके तालमा ताल मिलाउन२
चाहे बोलाउ सपनीमा अव कहिले जाग्दैन मनोज

मिठा बातको भुलमा परी मर्यादालाई नाग्दैन मनोज
चोरी चोरी नौलो बहानामा आस तिम्रो धेरै गरे२

अझै पनि बेहोसी भै मायाँको भिख माग्दैन मनोज
भविष्यलाई लात मारी तिम्रो पछि लाग्दैन मनोज

टाढै भागे जहिले सुकै कुल्ची मनको जिज्ञासालाई२
विना उत्तर झर्किएर कामकाज छोडि भाग्दैन मनोज

भविष्यलाई लात मारी तिम्रो पछि लाग्दैन मनोज
मिठा बातको भुलमा परी मर्यादालाई नाग्दैन मनोज

0 comments:

Post a Comment