Monday, February 22, 2016

घामपानी हुरी बतासले तल्लो दर्जाको भनेन।
ऋतुमास, दिनरात, घडीपलाले तल्लो जातको भनेन।
अरूको आँगनमा जस्तै रीतले प्रवेश गर्दथ्यो हुरी बतास
घामपानी, ऋतुमास दिन रात घडी पलाले उसको दिनचर्यामा ।
              जातभात वर्ग पेसा लवाइ खुवाइ धनसम्पत्ति सबै पक्षमा तल्लो भनेर हेपिए पनि शारीरिक आकर्षणमा ऊ अब्बल थियो । बरु अब्बल जग्गामा झारपातले बालीनाली डस्ने गर्छ । अनुमान गरेको बाली भित्रिन्न । उसको जिउडाल बोलीचाली , फरासिलो व्यवहारमा भने तल्लो दर्जाको कुनै धर्सो देखिदैंनथ्यो ।
       औधी प्यारो लाग्छ उसलाई आफ्नो गाउँठाउँ भीरपाखा । आफन्तजन नाता कुटुम्ब मानव मनहरू । निकै एैना हेर्नुपर्ने , आफूलाई निकै सिगांर्नुपर्ने । जानीनजानी जुल्फी लर्काउनुपर्ने सिउँदो फर्काउनुपर्ने । औधी माया गथ्र्यो आफ्नो शरीरलाई । आमाले बिस्कुन सुकाउँदा घुन, पुत्लो लागेको देख्थ्यो , डराउँथ्यो । त्यसबखत आफूलाई सफा सुग्घर राख्थ्यो यसैगरी मेरो शरीरमा घुन पुत्लो लाग्यो भने ! देख्नेहरू भन्थे–“यो केटा निकै झिल्के हुनेछ । गीत पनि मीठो गाउँछ । एघार वर्षमै यस्तो नक्कले छ उमेर चढ्दा कस्तो होला । दायाँ बायाँ ठिटीहरु झुलाउँदै मस्किदैं हिँड्नेछ यो । कुन चाहिँ बाहुन क्षेत्रीकी छोरी उछिटट्याउँछ यो लोर्केेले ।”
आमा भन्थिन् –“ हाम्रो त यसले उठीबास लाउँछ यो ठाउँबाट कहाँ बसाइ सर्नुपर्ने हो । उपल्लाले तल्लालाई राख्लान् बाँकी त्यतिबेला ।” बढी फरासिलो व्यवहारको शकांले छोराको भविष्यप्रति हुने व्यवहार सम्झेर तर्सिन्थिन् बूढी ।
          जन्मदिन उसको फागुन सात गते । अलि स्व्चछन्द हुन चाहन्थ्यो । बन्धन उसलाई मनपर्दै परेन तापनि गाई गोठालो मेलापात गथ्र्यो । घाँस दाउरा त बन्धनले नै तनक्क कसेर भारी बनाई बोकेर हातसारो लाउँथ्यो नै घरपरिवारलाई ।
      अर्घाखाँची जिल्ला जुकेना गाविस वडा नं. ६ कल्लेरी । बाबु निमबहादुर नेपाली आमा धनकला नेपालीको गृहस्थीका खाँबा खुट्टा गाडिएको ठाउँ । आठजनाको परिवार जेनतेन गुजारा चलेको ।
कल्लेरी गाउँ सबै जातिले बसोबास गरेको ठाउँ थियो ।  धेरैजसो नेपालीहरू बस्थे । ऊ आफूलाई नेपाली भन्न पाएकोमा देशभक्ति भाव उराल्थ्यो । वास्तविकता अर्कै थियो त्यहाँ नेपाली हुनुको । परवाह गर्दैनथ्यो ऊ
   कल्लेरी गाउँ सल्लेरी ठाउँ , शीत खोला , बज्याङ खोला अरुण खोलाको सुसेलीसँगै भाका मिलाएर सुसेल्दै बालापन व्यतित हुँदै थियो । सेङलिङको वनबाट दाउरा , घाँसपात बोकेर उकाली ओराली गर्दै शरीर गठिलो बनाउँदै थियो ऊ । पखेटा लागेकाहरू भुरुरु गर्दै विदेशिएका थिए । बूढाबूढी अशक्त बालबालिकाहरूको  फाट्टफुट्ट उपस्थिति पनि गुन्जायमान मानिन्थ्यो गाउँघर । उसको घरमा पनि यही थियो गति । एकएक जोइ र पोइ टिपी हिँडेका थिए दाजुदिदीहरू ।
        आफू क क न न गर्न सक्ने मात्र भएपनि बाबु आमाले उसलाई अरू छोराछोरीलाई भन्दा धेरै पढाउने विचार गरेका थिए । श्री धर्म प्राथमिक विद्यालय जुकेना छ पिपलनेटा कल्लेरीमा उसले शिक्षाको ज्योति देखेको थियो साह्रै उज्यालो ।  त्यहीँ नै उसको वास्तविक न्वारन भयो ।  त्यसदिनदेखि उसको नाम पदम बहादुर नेपाली रह्यो विचित्र लाग्यो उसलाई । स्कूलमा नाम लेखेपछि । बोलाउनेहरू त उसलाई हरेक नामोच्चारण गर्थे । बाबुआमाले आफ्नो ज्यानभन्दा बढी ख्याल गरेर उसलाई हुर्काएका थिए । कतै घुन पुत्लो लाग्छ कि भनेर अन्नपात जसरी जतन गरेर राखिन्छ तर लागिहाल्छ । त्यसो भएको थिएन । उनीहरू सबै सबलाङ्ग थिए, बलिया  बाङ्गा थिए ।
        पढ्दै गयो, बढ्दै गयो, भीरपाखा उकाली ओराली सँगै सिँगौरी खेल्दै गयो । एघार वर्षको भयो । चार कक्षामा पढ्ने भयो । कुनै नौलो विषय थिएन । नौलो यो भयो कि उसले सरासर पढ्दै गएको छ चारसम्म अब एक कक्षामा पढे त छ कक्षा पढ्नलाई सदरमुकाम जानुपर्ने । घर छोड्नुपर्ने, बाबुआमा छोड्नुपर्ने । ूहाम्रो छोरो एकवर्षपछि छ किलास पढ्न सदरमुकाम जानेछ भोलिपर्सि ।ू आँगनको डिलमा उसका बाबुआमाका मीठा गफ हुन्थे ।
             अभावका पीडाहरूलाई तृप्तिको मलमपट्टी लेपन गर्दा क्षणिक सन्तुष्टी हुनु जिउनुको बेग्लै आनन्द हो । गरिबहरू विशेषगरी नेपालीहरू यस्तै जीवन बाँचेर मर्दछन् हाम्रो यहाँ ।
वार्षिक परीक्षा आउन बीस दिन बाँकी छ । अर्को साल पाँच किलास अर्को साल सदरमुकाम सन्धिखर्क जिम्वालको छोरो जस्तै ,तर खर्च के ले पु¥याउने ?, फागुनको सिरेटो हुइँकिन्थ्यो बाबु र आमाको मनमा चीसो पाथ्र्यो । फागुन न हो तातो पनि पाथ्र्यो घामले ।
   सधैँ खाएको गाँस , सधैँ बसेको बास भनेर नहुने । खाएको गाँस र बसेको बास पनि जीवनमा त्रास हुने ।
कहाँ जानु? डराएर डर नजाने । सधैँ हिँडेको बाटो , सेङलिङको वन सधैँ चिर्ने गरेको सालको मूढो । प्रकृति अवाक् छ । नाच्न नजान्ने आँगन टेढो भयो वा ढंग मरूँ कसो गरूँ भयो । सधैँ दाउरा चिर्ने वन्चरोले उसलाई घात ग¥यो । आज जिउ सिरिङ्ग हुन्छ उसलाई वन्चरोले दाउरा चिरेको आवाज सुन्दा । सालको मूढो , चपेरो , वन्चरो सेङलिङको वन अनि परीक्षा आउन बीस दिन बाँकीको दिन । २०५४साल फागुन ३ गते सम्मको उसको अतीत । कुनै निकै स्मरणीय छन् कुनै दर्दनाक छन् कुनै अप्राप्य छन् ।
 सेङलिङको वन जहाँ उसले जीवनको हालको यो मोडमा प्रवेश गर्न हिँडेको थियो उस दिन । “हुने हार दैव नटार ” भन्छन् । २०५४ साल फागुन ४ गते दिउँसो सालको मूढो बन्चरोले चिर्दा चपेरो उछिट्टिएर दाहिने आँखामा गड्यो । चपेरो सहित ऊ घरमा आयो । आँखामै चपेरो हुँदाहुँदै भैरहवा आँखा अस्पताल ल्याइयो । चपेरो निकालियो आँखाबाट रगत बग्न छोडेन । तीनदिन अस्पताल भर्ना गरियो । रगत बग्न छोडेपछि तीनदिन पश्चात् डिस्चार्ज गरियो । एकमहिनापछि आउने सल्लाह डाक्टरले दिए । यस अवधिमा चपेरो गाडिएको आँखा कमजोर हुँदै गयो । डाक्टरको अनुसार एकमहिनापछि तोकिएकै दिनमा  पुन अस्पताल ल्याइयो । अवस्था पहिलेको भन्दा नाजुक भइसकेको थियो । डाक्टरले सुइ लगाइदिए पुन जाँच पड्ताल भयो । रिपोर्ट अनुसार उसका आँखाले अबका दिनमा काम नगर्ने हुँदैछ । दिन प्रतिदिन अर्को आँखा पनि सुक्ने छ किनकि आँखाको मूल नसा सुकिसकेको छ । तत्कालीन डाक्टर साहेब डोलराज ज्यू ले यी कुरा सुनाउँदै उसलाई अबका दिनमा ब्रेल पढेर थुप्रै कामहरु गर्न सकिने परामर्श दिए । मन भारी भयो जिउ गह्रुगोँ त छ नै । डाक्टरका कुराले चुनौतीसँग सामना गर्ने इष्र्या र आत्मबल पनि जाग्यो । भन्नेहरु भन्थे –“यसरी बाँच्नु भन्दा त मर्नु निको ” भन्दैमा आत्तिएन । जाबो आँखा त गयो ज्यान गएको छैन आफैलाई सम्हाल्थ्यो ऊ मानिस हो । मानिसमा संवेग हुन्छ । बरु प्रकृति मलाई जन्मान्ध बनाइदिएको भए गुनासो थिएन । दृष्टियुक्त एघार वर्षको अन्तिम चरणमा आएर २०५५ सालतिर दृष्टिविहीन हुन पुगे भनेर बेलाबेलामा दुखेसो पोख्थ्यो साथीहरुसँग
     जीवनको व्योमबाट विभिन्न उल्कापातहरु झर्न थाले । पृथ्वीमा नआउँदै ती बिलाएर हराउँथे । सुलुत्त बगेको देख्दा क्षणिक आनन्द भङ्गुर हुन्थ्यो । आउनै लागेको वार्षिक परीक्षा दिन पाएन । दृष्टिविहीन भैसकेपछि पढ्दै गरेको गाउँको प्राथमिक स्कूलमा एक वर्ष सुनेर अध्ययन ग¥यो । पुनः चार कक्षामा बस्यो । ब्रेललिपि प्रयोग नहुने त्यस विद्यालयमा उसले पाँच कक्षामा पढ्ने सम्भव थिएन । आफैलाई पढाएका शिक्षकह्रूले अबदेखि स्कूल नआऊ तिमीलाई काम छैन भन्न थाले । तुषारो प¥यो कलिलो मुनामा ठिगुंरियो । पर्खाइमा बसन्तले कली त हाल्छ नै ।
    संयोगवश जुकेनामा एकदिन कार्यक्रम रहेछ । जाने क्रममा पदम पनि पुग्यो । एकजना चोपलाल पौडेल श्री सुधा उ.मा.वि. मा पढाउने शिक्षकसँग परिचय भयो । त्यस परिचय उसको जीवनको मार्गदर्शन बन्यो । चोपलाल गुरुले पदमलाई अघि डाक्टरले दिएको भन्दा पनि अझ पौष्टिक परामर्श दिए । जुन यसप्रकार थियो–“ देख्न पो सक्दैनौ सुन्न बोल्न हिँड्न त सक्छौ नि , बढ्दो उमेर छ चढ्दो जवानी छ । मानसिक वृद्धि हुँदैछ स्मरण शक्ति बढ्दो छ किन हरेस खान्छौ ?”
“अर्घाखाँचीको सन्धिखर्क कपिलवस्तुको भेलाइ, ओदारी र शिवपुरमा दृष्टिविहीनका लागि ब्रेललिपिमा तल्लो कक्षादेखि पढाइ हुन्छ । पढ्ने स्रोत सामग्रीका लागि वातावरण मिलायौ भने तिम्रो भविष्य सुन्दर हुन्छ । आँखा नभए के भो ?” चोपलाल गुरुका शब्दशब्द मनमस्तिष्कमा भरेर र मनमा ढाडस बोकेर समयको दौडान सँगै ऊ दौडिरह्यो ।
    वि.सं.२०५९साल असार १५ गते भेलाइका झिंकन चौधरी स्रोत शिक्षकसँग भेट भयो । यस कार्यमा पदमका बाबुले खूबै सास्ती भोगे । ओदारी र शिवपुर मध्य पदमलाई त्यस समयमा मन र पायक परेको ठाउँ भेलाइ नै थियो । त्यस स्कूलमा ब्रेल अक्षर सिकाइन्छ । दृष्टिविहीन हुँदैमा पदमले त्यति सजिलै त्यस स्कूलमा भर्ना हुन पाएन । कागजी युद्ध धेरै गर्नु प¥यो । साक्षर मात्र उसका बाबु छोरालाई भर्ना गर्न दौडधूप गरे ।
        पढेलेखेकाहरूले नपढेलेखेकालाई हेप्ने चलन छ हाम्रो यहाँ । त्यसमा पनि नेपाली, तल्लो, टिपटप नपरेको, आउटलुक नभएको, बूढो मान्छे । खूबै दौडाइन्छ, दुख दिइन्छ । यो कुर्सीको विशेषता हो, हाम्रो यहाँ ।
      तौलिहवा देखि भेलाइ र अर्घाखाँची ओहोरदोहोर गर्दा गाडी चढ्नुपथ्र्यो । बाटामा पिसाब फेर्न झर्न खोज्दा गाडी रोकिदिँदैनथे । रोकिहाले भने पनि ती बूढालाई पिसाब फेरुन्जेल पर्खने फुर्सत हुन्नथ्यो । मानवता नभएको ड्राइभरले गाडी हुइँकाउँथ्यो । बूढा छुट्थे । भाडा गन्तव्यसम्मको पहिले नै असुलिन्थ्यो बलेको आगो सबैलै ताप्छन् निभेकोलाई कसले बालेर ताप्ने ? जाडोको मौसम चार नं. जीतपुरदेखि हिँड्दै भेलाइसम्म पुग्थे त कहिले गजेडा देखि । द्वन्द्वकाल छ । कालो देखे बोक्सी गरिब देखे चोर भन्ने त्यस बखत ती बूढाले वाणगंगा खोला किनारका खेतका खलियानमा थुपारेका धान र परालका थुप्राभित्र सुतेर रात बिताए । बारबार यसरी गाडीले दिएको धोकाबाट उनी प्रताडित भए । झन्डै सरकारी पुलिस र माओवादी पक्षको चपेटामा परेनन् । जिउ र टाउकोभरि परालैपरालका त्यान्द्रासहित उनी गृह जिल्ला पुग्थे । लुगालत्ता र पैसा प्रशस्त नहुनुको कारण तराईको फाँट रातका बेला घुस्रिने ठाउँ बने । देख्नेहरू बूढालाई मगज बिग्रेको भन्दथे । सुने नसुने झैँ गरी चुरोट तान्दै आफ्नो बाटो लाग्थे । के थाहा, छोराका लागि कति दुख खेपेको छ यो बूढाले भन्ने अन्य दर्शकहरूलाई ।
      छोराले विधिवत रूपले भेलाइ स्कूलमा पढ्न पाउने भनेर २०५९–९–२५मा खबर पुग्यो । उसले पुनः एक कक्षादेखि भेलाइ स्कूलमा पढ्न थाल्यो । ब्रेलबाट पाँचकक्षा पास ग¥यो । वि.सं २०६५ वैशाख २२गते माथिल्लो कक्षाका लागि श्री नेपाल आदर्श उ.मा.वि शिवपुर कपिलवस्तुमा प्रवेश ग¥यो । हाल दश कक्षामा पढ्दै छ पदम । तेइसवटा वसन्तलाई उसले नौ डाँडा पारि पठाइसक्यो । आँखा मात्रै गुमायो । अरू जन्मजात गुण थियो नै । अझ परिपक्वपना शरीर र मस्तिष्कमा आएकै छ । विविध क्रियाकलापमा सहभागी हुन्छ, पुरस्कृत हुन्छ । सहानुभूतिले होइन अवसर छोपेर काम गर्छ । भविष्यमा गायक बनेर देशसेवा, मानवसेवा गर्ने धोको छ । २०६९ साल असार २८गते अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बयालीस गा.वि.स अन्तर्गत उद्योगवाणिज्य संघले आयोजना गरेको लोकगीत प्रतियोगितामा १६ जना प्रतियोगीमा द्वितीय स्थान प्राप्त गरेर केही धनराशि र प्रमाणपत्र बटुल्न सफल भयो । वाहवाहीको पात्र बन्यो ।
       विवाह गरेर गृहस्थी जीवन बिताउने उसको रहर छैन । भन्ने गर्छ –“ हामी दृष्टिविहीन को भावना बुझ्ने मान्छे पाइएन भने विवाह गर्न हुँदैन । विवाह दुइ आत्माको कदर , भावनाको कदर मा हुनुपर्छ । म त चर्चामा आउने काम गर्छु तर बिहेबारी गर्दिन । प्रकृति विरोधी नठहरियोस् । सकेछु भने म जस्तै दुखीलाई सहयोग गर्नेछु । मेरा बुबा आमाको अभिलाषा पूरा गर्नेछु । जीवन यस्तै रहेछ । गुनासै गुनासाहरूको माझमा दिल खुलासा गरेर बाँच्नुपर्छ । अवाक प्रकृति मौन बस्छ तर कसैलाई कस्तो , कसैलाई कस्तो भाग लगाउन सिपालु छ । यो मेरो भागमा परेको हिस्सा हो । सबैलाई हिस्सा त पर्छ नै । तल्लो होस् या माथिल्लो । ”
                
                         जीवनमा बोध होओस् बोझ नहोस् ।


अर्जुन शर
शिवपुर ७ कपिलवस्तु

                                     —–
                                                          
                                                         
Next
This is the most recent post.
Older Post

0 comments:

Post a Comment