• Facebook
  • Twitter
  • Google+
  • RSS
  • Recent
    •  जीवनमा बोध होओस् बोझ नहोस्
      घामपानी हुरी बतासले तल्लो दर्जाको भनेन।ऋतुमास, दिनरात, घडीपलाले तल्लो जातको भनेन।अरूको आँगनमा जस्त...
    • सत्-चित-आनन्द
      आसमा के तारे जैसे मेरे भविष्य हैं जो हरेक दिन चमकति हैं मेरा नजर उस तरों पर है जो मेरो ललित्यको...
    • सत्-चित-आनन्द
      आसमा के तारे जैसे मेरे भविष्य हैं जो हरेक दिन चमकति हैं मेरा नजर उस तरों पर है जो मेरो ललित्यको...
    • Gazal

      Gazal

      2016/02/050 Komentar
      फुटाे नहीं जल्दी जुडो दोस्त | बिगड़ो नही जल्दी बनो दोस्त || आतें हैं यहाँ काटें रास्तों में | ...
    • कविता
      १ .म पागल भएको सबैले थाहा पाउन मैले पागल बस्ती बनाएको सबैले जानुन म आवारा भएको सबैले बुझुन किनक...
Thursday, May 9, 2013

१ .म पागल भएको सबैले थाहा पाउन
मैले पागल बस्ती बनाएको सबैले जानुन
म आवारा भएको सबैले बुझुन
किनकि म लावारिस हुँ
काम नपाएको

२ . मेरो पागल बस्ती
जहाँ अलौकिक शक्ति छ
प्रेम छ सद्भाव छ श्रद्धा छ
तिम्ले नबुझेको एउटा
प्रेममय बस्ती छ

३ .मलाई भगवान्ले आसिर्बाद दिएर
प्रेममा पागल बनाएको छ
म धन्यवाद दिन्छु त्यो
अलौकिक शक्ति भएको
परमात्मालाई जसले मलाई आज
पागल बस्ती बनाउने
सामर्थ्य मात्र दियो

४ . मेरो बस्तीमा एक दिन तिमि अवस्य आउनेछौ
अनि लिप्त हुनेछौ यहाँका
प्रेममय आत्माहरु संग मिलेर
कहिल्लै फर्कने छैनौ
त्यो आफ्नो दुर्गन्धित बस्तीमा
जसले तिम्लाई खराब बनायो
म बाट टाडा बनायो

५ . म त्यो बस्तीको प्रेम बाँड्ने मान्छे
बर्बराउदैछु प्रेमका उछिस्ठहरु सहित
किनकि तिम्रो बस्तीमा स्थान छैन मेरो
किनकि त्यहाँ प्रेम छैन
त्यसैले पागल बस्तीको
आवस्यकता देखिदैछ

६ . मलाई विश्वास छ
मेरो पागल बस्ती तिमीलाई मन पर्ने छ
अनि बुझ्नेछौ मेरो प्रेम
अनि अंगाल्ने छौ
सारा संसारलाई छोडेर
अनि हामी रम्नेछौ
त्यो पागल बस्तीमा

कल्पित शाखा
हाल भारत लखनउ

०९-०५-२०१३

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.