Saturday, April 6, 2013

 1
तिमी त बिबाहित हौ फेरी, किन चाहियो घरबारका कुरा!
महल मै छौ तिमी, किन चाहियो दरबारका कुरा!!

भो नगर बिहेका कुरा म त अहिले जागिर मा छु!
म यहाँ कलमको युद्द गर्छु, किन चाहियो तरबारका कुरा!! :-p
 
 2
प्रबिधी उही हो यहाँ खाली साल फेरिन्छ !
मादल उही हो यहाँ खाली ताल फेरिन्छ !!

बाँच्नको लागि खान्छन मान्छे कोही खाएर बाँच्छन!
भात उही हो यहाँ खाली दाल फेरिन्छ!! :-
 
आवाजको खेतला डिएनके कुवँर
अर्घाखाँची
हाल काठमान्डौ 

0 comments:

Post a Comment