Saturday, March 30, 2013

सानु तिम्रो याद आउँदा रुन्छु अझै पनी
एकान्त मा तिम्रो फोटो छुन्छु अझै पनी

बितेका ति पल सम्झना मा ताजै रहे
सम्झना मै टोलाएको हुन्छु अझै पनी

धेरै माया लाउँदो रहिछ नपाउने मान्छेको
बिरह को आँशुले मुहार ,धुन्छु अझै पनी

माया मार्यौ टाढा गयौ साथ रहेन तिम्रो
मान्सपटलमा छ् तिम्रो आवाज सुन्छु अझै पनी !!
 
डी एन के कुँवर अर्घाखाँची
हाल काठमाडौँ 

0 comments:

Post a Comment