मलाई मेरै प्रकृतीको कन्चन छहरा मन पर्छगरिवनै भएपनि खुसिको धाम टहरा मन पर्छ
हरेक दिन लुट्दै छन रे चोरहरुले प्रकृतिलाई
उकालो अनि ओरालो मेरै पाखापहरा मनपर्छ
पहिचान बेचि बेचि आधुनिक बन्छ रे मान्छे
ए बि सी डी भन्दा मलाई कखहरा मन पर्छ
पैसा तिर्यो खायो स्वास्थलाई हानीमात्र गर्छ
नमिठो चाउमिन भन्दा फर्सिकै लहरा मन पर्छ
कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-१२-१७ गते
0 comments:
Post a Comment