Friday, February 1, 2013

जान त पराइ सङ्ग धपक्कै बलेर गाकीछिन्
तर म सङ्ग पहिले भसकै जलेर गाकी छिन्

आफुलाइ सती सबित्री हु भनि चिनाउछीन् रे
मलाइ थाहा छ म सङ्ग कती चलेर गाकीछिन्

कसरि जोगाउलि खै आफ्नो त्यो जुठो जवानी
योबनको प्यास मै तिर पोखि गलेर गाकीछिन्

आफ्नो बैस पोख्न भनि आकि रैछिन सायद
सङ्गै जीउछु मर्छु भनि छलेर गाकीछिन्

उस्ले खेल सम्झि खेलि ,मेरो साचो थियो प्रेम्
मुटुमा बास मागी नुन चुक दलेर गाकीछिन्

खै कति गरौ अब त्यो गति छाडाको कुरा
सच्चा प्रेमको दुनिया बाट ढलेर गाकीछिन्

बिमल मार्मिक
गोर्खा 

0 comments:

Post a Comment