Friday, February 1, 2013

मौसम सिमसिमे यो, पिउँ पिउँ लाग्छ साथी ।।
जति चढ्न नसा त्यति, झन बढि माग्छ साथी ।।

क्या रंगिन साँझ यो, मस्त चढ्दो जबानीको
डुब्दा तन मन लठ्ठ भै, दुःख पिर भाग्छ साथी ।।

बिर्सेर सब दुनियाँ, जब बन्छ सराव सहारा
छोड्नुपरे प्युनलाई जिउनै बरु त्याग्छ साथी ।।

कति झरे आँसुहरु पिएँ कति नसासँगै
पिएपछी उहि सपना ज्यूने रहर जाग्छ साथी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
Date : 6th Aug 2010
Posted Nepali Gazal
URL : http://nepaligazal.com/gazal/nepali/5929201019.html

0 comments:

Post a Comment